कार दुर्घटनामा नेपालगन्जका ६ जनाको मृत्यु भएपछि त्रिभुवन चोक शोकमा

आइतबार, साउन २१, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित त्रिभुवन चोकका ६ जनाको सवारी दुर्घटनामा मृत्यु भएपछि अहिले सारा नेपालगन्जको त्रिभुवन चोक शोकमा डुबेको छ । 

शनिबार साँझ ६ बजे भारतको श्रावस्ती जिल्लामा भयानक कार दुर्घटनामा नेपालगन्जका व्यापारी घरानाका दुई परिवारका गरी ६ जनाको मृत्यु भएको नेपालगन्जका पत्रकार प्रिया स्मृति ढकालले जानकारी दिएका छन् ।

पत्रकार ढकालका अनुसार त्रिभुवन चोकस्थित एसकुमार वाचका संचालक सन्तोष कुमार गुप्ताका छोरा र छोरी, नेपालगन्ज सदरलाईनस्थित हरि ओम मेडिकलका वैभव गुप्ताका छोरा-बुहारी र दुई नातिनीको दुर्घटनामा मृत्यु भएको हो।

उनीहरुको मृत्युको खबरले त्रिभुवन चोक शोकमा डुबेको छ । त्रिभुवन चोकका बासिन्दाहरु मृत्युको खबर पाएदेखि रातभर सुतेका छैनन् । स्थानीय व्यापारीहरु अहिले त्रिभुवन चोकमा जम्मा भएका छन् 

 

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्