सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । पोखरा थन्डर्स एनसेल नेपाल सुपर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई बुधबार बेलुका हराउँदै पोखरा फाइनलमा पुगेको हो ।
पहिलो पटक फाइनलमा पुगेको पोखरा १–० ले विजयी भयो । स्टेफन समीर बिनोङले निर्णायक गोल गरेसँगै तेस्रो संस्करणमा पोखरा फाइनलमा पुगेको हो ।
पोखराले उपाधिका लागि साविक विजेता ललितपुर सिटी एफसीसँग खेल्ने भएको छ । पोखराले इलिमिनेटरमा एफसी चितवनलाई ३–० ले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
धनगढी भने पहिलो क्वालिफायरमा ललितपुरसँग २–१ ले पराजित भएको हो । यसअघिका दुवै संस्करणमा फाइनलमा पुगेको धनगढी यसपालि फाइनलमा पुग्न पाएन ।
यो खेलको साक्षी ब्रजिलियन फुटबल लिजेन्ड रोबर्टो कार्लोस भए । उनी विशेष अतिथिका रुपमा दशरथ रंगशाला गएका थिए ।
उनले दर्शकलाई अभिवादन गरे । त्यसपछि उनी ललितपुर सिटी एफसीका गोलकिपर समित श्रेष्ठसँग फ्रिकिक खेले ।उनले पाँच ओटा फ्रिकिक हाने । जसमा दुई गोल गरे । उनको दुई प्रहार समितले रोके । एउटा प्रहार भने आकासिएको थियो ।