कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एकाएक स्थगित

बुधबार, वैशाख १०, २०८२

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आगामी वैशाख १७ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि स्थगित गरिएको कांग्रेसले जनाएको छ । 

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक स्थगित गर्न पर्नुको कारण नखुलाइ बैठक अर्को सूचना प्रकाशित नहुञ्जेल स्थगित गरिएको उल्लेख गरेका छन् । 

बैठक एक सातापछि बस्ने भनिए पनि एक साताअघि नै स्थगितको सूचना जारी गरिएको हो। सभापति शेरबहादुर देउवा यतिबेला थाइल्याण्डमा छन् ।

उनी उपचारका लागि बैंकक गएका हुन् । त्यहाँबाट फर्कन केही समय लाग्ने भएकाले बैठक स्थगित भएको हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:०३
प्रतिक्रिया दिनुहोस्