बझाङ जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु

बुधबार, वैशाख १०, २०८२

काठमाडौं । मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।  डोटी जिल्लास्थित भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका-१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

डोटी प्रहरीले दिएको जानकारी अनुसार धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३४२८ नं. खाद्यान्न बोकेको मिनी ट्रक आज बिहान दुर्घटना भएको थियो। 

उक्त दुर्घटनामा मिनी ट्रकका चालक अर्जुन धामीसहित ३ जना मृत्यु भएको हो भने प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्