सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराईले राजीनामा बुझाएकी उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए ।
“शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो”, उनले भने, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।” विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औँ दिन भयो ।
यही बीचमा शिक्षामन्त्रीले राजीनामा दिएकी हुन्।