सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज। बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा प्रहरीले कुखुराको चल्लासहित एक जनालाई पक्राउ गरेको गरेको छ।
आज बिहान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-२३ भज्जीपुरुवाबाट २ हजार कुखुराका चल्लासहित भारतीय युवकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा भारतको सीमावर्ती बजार रुपइडिहाका २५ वर्षीय शिव मनिहार(सल्मान) रहेका छन् ।
भारतबाट अवैध तस्करी गरेर ल्याउदै गरेको २० कार्टुनमा रहेको २ लाख रुपैयाँ बराबरको २ हजार चल्लालाई आबश्यक कारबाहीका लागि नेपालगन्जस्थित पशु क्वारेन्टाइन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।