प्रहरीको परीक्षामा नक्कली परीक्षार्थी, १९ वर्षीया युवती पक्राउ

सोमबार, वैशाख ८, २०८२

पोखरा । प्रहरीले प्रहरीकै परीक्षामा उपस्थित नक्कली परीक्षार्थीलाई परीक्षा हलबाट पक्राउ गरेको छ। 

पोखरा महानगरपालिका–७ पार्दीस्थित लोक सेवा आयोगको कार्यालयमा प्रहरीको परीक्षा दिइरहेको अवस्थामा प्रहरीले एक युवती  परीक्षार्थीलाई पक्राउ गरेको हो ।

कास्की प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा  धनकुटा नगरपालिका-५ घर भएकी १९ वर्षीया ज्ञानुता विश्वकर्मा रहेकी छिन् । कास्की प्रहरीले अर्कैको नामको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर प्रहरी जवानको परीक्षा दिइरहेको अवस्थामा ज्ञानुतालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कास्कीले पक्राउ परेकी ज्ञानुताविरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्