सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । आज दिनभर प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेताहरु रिहा भएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रदर्शन गरेको भन्दै उनीहरूलाई आज दिउँसो पक्राउ गरिएको थियो । तर नियन्त्रणमा लिएको चार घण्टापछि साँझ उनीहरूलाई रिहा गरिएको हो ।
यसरी रिहा हुनेहरूमा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानबहादादुर शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगाय हुन् ।