नेपाल सुपर लिग: पोखरा थण्डर्स दोस्रो क्वालिफायरमा, चितवन एससी ३ गोलले पराजित

आइतबार, वैशाख ७, २०८२

काठमाडौं । नेपाल सुपर लिगका पोखरा थण्डर्सले चितवन एफसीलाई ३-० गोलले पराजित गरेको छ।

पोखराका जोए आएडुको २ गोल मद्दतमा एफसी चितवनलाई ३-० ले पराजित गर्दै पोखरा थण्डर्सले नेपाल सुपर लिग २०२५ को दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

आज साँझ दशरथ रंगशालमा भएको खेल पहिलो हाफ गोलरहित भएप।नि दोस्रो हाफको ६२ औं मिनेटमा चितवनका अभिषेक लिम्बुले आत्मघाती गोल गरेपछि पोखरा अग्रता लिएको थियो । 

पोखराका जोए आएडुले ७२औं मिनेटमा गोल गर्दै २-० गोलले अग्रता दिलाएका थिए भने ७६ औं मिनेट  आएडुले अर्को गोल गर्दै पोखरा ३-० ले अग्रता लिएको हो।

चितवनका तर्फबाट गोल गर्ने प्रयास सबै पोखराले असफल पार्दै अबको दोस्रो क्वालिफयरमा एफसी धनगढीसँग एफसीसँग आउने बुधबार प्रतिस्पर्धा गर्नेछ ।  आजको खेल पोखराले चितवनमाथि पुर्ण रुपले दबाब बनाएको थियो।

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्