सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कोहलपुर । बाँकेको कोहलपुरमा रहेको एक फेन्सी पसलमा भीषण आगलागी भएको छ।
कोहलपुर नगरपालिका-१२ स्थित मेघराज लम्सालको दुई तले घरमा रहेको शुभलक्ष्मी फेन्सी पसलमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।
आज बिहान लागेको आगलागी कोहलपुर नगरपालिकाको दमकल,प्रहरी र स्थानीयको सहयोगमा निभाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ।
विद्युत सर्ट भएर लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। आगलागीबाट भएको क्षतिको पूर्ण विवरण अझै आइनसकेको प्रहरीले जनाएको छ।