सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । बाँकेमा नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस ) को सिङ्गो वडा कमिटी नेकपा एमालेमा प्रवेश गरेको छ।
बाँकेको राप्तीसोनारी-६ स्थित नेकपा एसमा रहेको निम बहादुर बुढाथोकी (सन्तोष) नेतृत्वको सिङ्गो वडा कमिटी एमालेमा प्रवेश गरेको हो।
एमाले टुक्रिएको अवस्थामा नेकपा एसमा गएको वडा सभापति बुढाथोकीको कमिटीलाई एमाले जिल्ला कमिटीले शुकवार एमालेमै प्रवेश गराएको हो।
एसबाट एमालेमा प्रवेश गरेका वडा सभापति सन्तोषले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सिङ्गो कमिटी एमालेमै गएको बताएका छन् ।