सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बर्दिया। बर्दियाको बढैयाताल गाउँपालिकाबाट ब्राउन सुगरसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले बढैयाताल गाउँपालिकाबाट-८ कण्ठपुरबाट २ सय मिलिग्राम ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमाजिल्ला स्थित मधुवन नगरपालिका-९ का २३ वर्षीय टेक बहादुर पुन र २३ वर्षीय अमित सुनार रहेका छन् । उनीहरुलाई भारतको बलईगाउँबाट बर्दियाको कण्ठपुरट आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
शुक्रबार पक्राउ गरेर अमित र टेकलाई ५ दिनको म्याद थप गरेर लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।