सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
राप्तीसोनारी। बाँकेको राप्तीसोनारी गाउँपालिका-६ हुलाकी सडकखण्डस्थित फत्तेपुरको ढलैया जंगलमा गुडिरहेको बसमा एक्कासी आगलागी भएको छ।
नेपालगन्जदेखि बुटवलतर्फ लैजादै गरिएको प्रदेश ३–०१–००६ ख ९८३ नम्बरको बसआ ढलैया जंगलको सडकमा शुक्रबार राति एक्कासी आगलागी भएर उक्त बसको आधा भन्दा बढी भाग जलेको प्रहरीले जानकारी दिएको छ।
गुडिरहेको बसम आगलागी भएपछि चालक र सहचालकले हामफालेर ज्यान जोगाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
आगलागी भएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल अपर पोष्ट फत्तेपुरबाट खटिएको टोलीले सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेमा जानकारी गराएको आधा घण्टामै नेपालगन्ज उपमहानगरपालिकाको दमकल आगलागी स्थल पुगेको थियो।
नेपालगन्जबाट पुगेको दमकल, सशस्त्र प्रहरी,नेपाल प्रहरी र स्थानीयको सहयोग बसमा लागेको आगो निभाइए पनि बसको आधा बढी भाग जलेको प्रहरीले जानकारी दिएको छ।
बसमा आगलागी हुनुको कारण अझै खुल्न सकेको छैन भने आगलागी घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।