सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतम अवकाश गएसँगै सशस्त्र प्रहरी बलमा एक जना एआईजी दरबन्दी पद रिक्त भएको छ ।
सशस्त्रमा नायब महानिरीक्षक (डीआईजी) मध्येका सिनियर कमल गिरी छन् । उनलाई अबका एआईजीको स्वभाविक दाबेदार मानिएको छ ।
गौतमको बिदाईसँगै २०५८ सालमा नेपाली सेनाबाट गएका १२५ जना लगभग सबैजसोको बिदाई भइसकेको छ । सेनाबाट गएकालाई एक तह बढुवा गरेर सशस्त्रको बलियो टिम बनाइएको थियो ।
गौतमको मंगलबार बिदाई गरिएसँगै उनको कुर्सीमा बस्नका लागि दौडधूप चलिरहेको छ । तर उक्त पदमा गिरी सबैभन्दा सिनियर छन् ।
स्वभाविक दाबेदार गिरीलाई खाली एआईजीमा राखेर अर्को एक जना दरबन्दी थप्ने योजना भइरहेको सशस्त्र प्रहरी श्रोतले जानकारी दिएको छ ।
सशस्त्रको रिक्त एआईजी एआईजीका लागि डीआईजी गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी पनि आफुलाई दाबेदारी प्रस्तुत गर्दै आएका छन् ।
अहिले एआईजी बन्ने सशस्त्र अधिकृत तीन वर्षपछि महानिरीक्षक बन्ने भएकाले पनि सोचेसम्झेर नै बढुवा गरिने बताइएको छ।
सशस्त्रका बाँकी तीन जना डीआईजीको भने पुसमा बिदाई हुनेछ । गत वर्षको पुसमै उनीहरुको बिदाई हुनुपर्ने भए पनि एक वर्ष थप गर्न सकिने कानूनी व्यवस्थाअनुसार एक वर्ष पदावधि थपिएको थियो ।