दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

शुक्रबार, वैशाख ५, २०८२

लमही । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । १० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

कृष्णनगरबाट लमहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र घोराहीकी ३४ बर्षिय पुस्पा डांगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई आज दुर्घटनामा परेको प्रत्यक्षदर्शी पत्रकार केपी घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २०:१९
प्रतिक्रिया दिनुहोस्