२५ करोड बरामद प्रकरणमा ट्रक चालक कारागार चलान

बिहीबार, वैशाख ४, २०८२

काठमाडौं  । २५ करोड बराबरको अमेरिकी डलर र युरो बरामद प्रकरणका ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।

उक्त रकमको मालिक भनिएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेल फरार छन् । उनीविरुद्ध पनि अदालतमा मुद्दा  दायर भइसकेको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्