सिद्धार्थ विद्या सदनले गर्‍यो ११ विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई

बुधबार, वैशाख ३, २०८२

नेपालगञ्ज । नेपालगञ्ज-६ स्थित सिद्धार्थ विद्या सदनले कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको छ ।

आज एक कार्यक्रमका बीच नेपालगञ्ज कारकाँदोस्थित किचेन टप रेष्टुरेन्टमा कक्षा ११ का विद्यार्थीलाई स्वागत र कक्षा १२ का विद्यार्थीलाई विदाई गरिएको हो । विद्यालयका अध्यक्ष रामलखन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक प्रविण गिरी, स्कुल इन्चार्ज दिलिप कुमार कश्यप लगायत विषयगत शिक्षक तथा विद्यार्थीहरुको विशेष उपस्थिति थियो । 

कार्यक्रममा कक्षा १२ का विद्यार्थी अशोक यादव र कक्षा ११ का विद्यार्थी रोशनी ढपालीले उत्कृष्ट शैक्षिक वातावरणमा अध्ययन गर्न पाएको भन्दै खुसी  व्यक्त गरे । त्यसक्रममा कक्षा ११ का छात्रा मालती बोहरा र ज्योति गुरुंगले नृत्य प्रस्तुत गरेका थिए । त्यसक्रममा विषयगत शिक्षकहरु बेद प्रसाद डाँगी, भिम बहादुर खत्री, उमेश सेन लगायतले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षा १२ का विद्यार्थीहरुलाई उज्ज्वल भविष्य र शैक्षिक सफलताको शुभकामना दिएका थिए । 

सिद्धार्थमा कक्षा ११ र १२ मा व्यवस्थापन र कम्प्युटर साइन्स पढाई हुन्छ । आगामी वैशाख ११ गतेदेखि १२ को परीक्षा सुरु हुँदैछ । शिक्षक र कक्षा १२ का विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गर्दै विदाई गरिएको थियो भने कक्षा ११ का विद्यार्थीलाई खादा लगाएर स्वागत गरिएको थियो

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्