सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाका दिनमा पनि महत्त्वपूर्ण कार्यलाई सुचारु राख्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा उर्जावान प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी आएसँगै प्रशासन कार्यालयले सूचना जारी गर्दै एउटा नयाँ निर्णय गरेको हो।
प्रशासन कार्यालय बाँकेले वि.सं. २०८२ सालमा पर्न्र सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा पण्जिकरण सेवालाई सुचारु गरिने जनाएको छ।
अब शनिबार बाहेक पर्ने सार्वजनिक बिदामा पनि सेवाग्राहीले माथि उल्लेखित सेवा जिल्ला प्रशासन कार्यालय बाँकेबाट लिन सक्नेछन् ।