खोलामा महिला मृत फेला

बुधबार, वैशाख ३, २०८२

तुलसीपुर । खोलामा एक महिलाको शब फेला परेको छ । रोल्पाको माडी गाउँपालिका- ६ चाप्लुङ कोला घैराकी ४३ बर्षीया सुस्मिता घर्ती मगरको शब खोलामा घोप्टो परेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

माडी गाउँपालिका-५ स्थित वली खोलाको बीच पानीमा सुस्मिता घोप्टो परेको अवस्थामा फेला परेको हो ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मगर चैत २९ गतेदेखि हराइ रहेकी थिइन । घटनाबारे नुसन्धान जारी रहेको शाहीले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्