दाङको मोतिपुर-बबई बोटिङ सन्चालनमा जिल्ला प्रशासनले लगायो रोक

मंगलबार, वैशाख २, २०८२

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका-११ मोतिपुरस्थित बबई नदीमा हुँदै आएको मोटरबोट सुरक्षाका कारण रोक्न जिल्ला प्रशासन कार्यालयले लिखित रुपमा आदेश जारी गरेको छ। 

जिल्ला प्रशासन कार्यालय दाङले आज लिखित रुपमा पत्रकार गर्दै कानुन बमोजिमका प्रावधानहरु पुरा नगर्दासम्म बबइमा डुङ्गा नचलाउन आदेश दिएको हो। यसअघि मौखिक रुपमा पटक र पटक नीतिगत सर्तहरु पालना गर्न निर्देशन दिइएको भएपनि त्यसो नगरी अनाधिकृत रुपमा मोटरबोट नियमित चलाउँदै आइएको हुँदा त्यो तत्काल रोक्न प्रशासनले लिखित रुपमा आदेश जारी गरेको हो।

मोटरबोट सञ्चालन पछि नजिकैको झुलुङ्गेपुलमा अत्यधिक भिड भाड हुने हुँदा पुलसमेत जोखिममा परेको, स्थानीय कृषको पानी सिंचाइमा असर परेको जस्ता कारणहरु देखाउँदै प्रसाशनले बोटिङ रोक्न आदेश जारी गरिएको हो।

त्यस्तै जलयात्रा नियामवली २०६३ तथा पर्यटन उद्योग प्रवाह निर्देशिका, २०६३ एवं प्रचलित कानुन बमोजिम प्राबधानहरु पुरा नगर्दासम्म उक्त कार्य नगर्न नगराउन आदेश जारी गरिएको छ ।

प्रशासनले जारी गरेको आदेशमा केही ब्यक्तिहरुले मोतिपुरस्थित बबई नदीमा अबैध रुपमा अस्थायी बाँध बाँधी पानीको बहाब रोक्ने काम गरेको उल्लेख गरेको छ । त्यस्तै प्रचलित कानुन बमोजिम पर्यटन बिभागबाट ब्यबसाय दर्ता नगरी मोटर बोट सञ्चालन गरेको प्रशासनले उल्लेख गरेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रशाद तिमिल्सिनाले सीडीओ साबको लिखित रुपमा आदेश भइसकेको हुँदा त्यसको कार्यान्वयका लागि प्रहरी खटिने बताए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले प्रशासनको आदेश आइसकेको हुँदा तुलसीपुर उपमहानगरपालिकासंग समन्वय गरी मोतिपुरको बबइमा हुँदै आएको बोटिङ रोक्न आदेश बमोजिम प्रहरी खटिने बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्