बाँकेबाट ५६ जना फरार प्रतिवादी पक्राउ, दुई प्रहरी पुरस्कृत हुँदा एकजनालाई विभागीय कारबाही

मंगलबार, वैशाख २, २०८२

बाँके। जिल्लाभरका विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार रहेर लुकिछिपी बसेको अवस्थामा ५६ जना फरार प्रतिवादीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका फरार प्रतिवादीबाट ५ बर्ष ७ महिना २९ दिन कैद र १८ लाख ८६ हजार ७०८ रुपैयाँ जरिवाना असूल उपर गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार गत चैत महिनाको अवधिमा प्रहरीले ५६ फरार प्रतिवादी पक्राउ गर्मे क्रममा सोही महिनामा १३ लाख ५९ हजार ३५० रुपैयाँ  बराबरको भारतबाट भन्सार छलीको गरेर ल्याइएको अवैध सामाग्री   बरामद गरेको छ।

 त्यस दौरानमा प्रहरीले अवैध तस्करीमा संलग्न रहेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको थियो भने ओसारपसारमा प्रयोग भएको एउटा जीप र ३ वटा मोटरसाइकल पनि बरामद गर्दै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको  जिल्ला प्रहरीले कार्यालय बाँकेले जनाएको छ। 

सोही अवधिमा मात्रै बाँके प्रहरीले अबैध रुपमा भारतबाट ल्याइएको करिव ३ लाख ४ हजार ६३५ रुपैयाँको बोइलर कुखुरा र मासु बरामद गरेरवआवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगन्ज पठाएको हो।

यसैगरी जिल्ला प्रहरी कार्यालय बाँकेमा एक महिनाको अवधि (चैत ) मा  दर्ता भएका १५८ वटा मुद्दातर्फ १ सय ९३ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ भने उक्त अवधिमा पेण्डिङ रहेका ५२ वटा मुद्दाहरुलाई फर्छ्यौट  गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। साथै  बाँके प्रहरीले ठाडो उजुरीतर्फ परेको ५ सय ९३ निवेदनमा ५ सय २५ निवेदन फर्छ्यौट भएका छन् भने ६८ निवेदन अनुसन्धान प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै जिल्लाभरमा गरिएको ट्राफिक कारवाहीतर्फ ३ हजार ७२० वटा सावरीसाधनलाई कारवाही गर्दै २९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला प्रहरीले बाँकेले जानकारी दिएको छ भने त्यस अवधिका ७१ वटा सवारी दुर्घटनामा परेर  ७ जनाको मृत्यु हुँदा १ सय २० जना घाइते भएका छन् । चैत महिनामै बाँके प्रहरीले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एउटा टिपर र ३ वटा ट्याक्टरलाई नियनत्रणमा लिएर ८ हजार रुपैयाँँ जरिवाना गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। 

लागुऔषधविरुद्धको कारबाहीमा  गत चैत महिनामा १ सय २८ ग्राम २ सय ४१ मिलिग्राम ब्राउन सुगर र २ सय ४४ ग्राम चरेस सहित १६ जना ओसारपसार कर्ताहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

त्यसैगरी, बाँके प्रहरीले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ६ वटा मोटरसाइकल र २६ वटा स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित ब्यक्तिलाई बुझाएको जानकारी दिएको छ भने सामाजिक संजाल प्रयोग गरी फिरौती माग्ने १ जना पक्राउ गरि कानूनी दायरामा ल्याइएको र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

समुदाय प्रहरी सहकार्य लगायतका गतिविधि अन्तर्गत जिल्ला प्रहरीले बाँकेले १ सय ४१ वटा सचेतनामुलक कार्यक्रम गरेकोमा लैङ्गिक हिंसा, लागुऔषध सम्बन्धि सचेतना, आत्महत्या न्यूनिकरण सम्वन्धि सचेतना, अल्पशंख्यकसंग प्रहरी, नागरिक सुनुवाई, समुदाय प्रहरी साझेदारी, साइबर अपराध र चोरी सम्बन्धि सचेतना लगायतका कार्यक्रम संचालन गरिएको थियो भने ट्राफिक प्रहरीतर्फ २ सय २ पटक लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाईट लगायतका बारेमा सचेतना दिइएको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रहरी भित्रको आन्तरिक सुदृढीकरण प्रयासतर्फ प्रहरी चौकी साईगाउँमा कम्प्युटर प्रणालीमा कार्य सुरु गरिएको छ।  जिल्ला प्रहरी कार्यालय जिल्लाभरको  २०८१ चैत महिनाको उत्कृष्ट प्रहरी इकाई अफ द मन्थ प्रहरी चौकी फत्तेपुर ख र प्रहरी चौकी बेलभार घोषित भएका छन्  भने उक्त अवधिका उत्कृष्ट कार्य गर्ने दुई  प्रहरी कर्मचारीहरुलाई पुरस्कृत हुँदा आचरण बिपरित कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई बिभागीय कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्