महिला विश्वकप फुटबल: जापान र स्पेन क्वाटरफाइनलमा

शनिबार, साउन २०, २०८०

काठमाडौं । जापान र स्पेन न्यूजिल्याण्ड र अष्ट्रेलियामा जारी महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आज भएको खेलमा जापानले नर्वेलाई ३-१ र स्पेनले स्वीट्जरल्याण्डलाई ५-१ गोलले पराजित गर्दै क्वाटरफाइनलको यात्रा गरेका हुन् ।

अब जापानले सेमिफाइनल प्रवेशका लागि अमेरिका र स्वीडेनबीच हुने अर्को प्रिक्वार्टरफाइनलको विजेता र स्पेनले नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीच विजेतासँग क्वार्टरफाइनल खेल्नेछ । 

जापान सन् २०११ को विश्वकप च्याम्पियन हो भने स्पेन पहिलो पटक क्वाटरफाइनल प्रवेश गरेको हो।

 

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १८:५५
प्रतिक्रिया दिनुहोस्