राप्तीसोनारीमा माछा मार्न गएकी युवतीको नदीमा डुबेर मृत्यु

शनिबार, चैत ३०, २०८१

नेपालगन्ज । बाँकेको राप्ती नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ।

राप्तीसोनारी गाउँपालिका-३ स्थिर सिनावासमा आज  राप्ती नदीमा माछा क्रममा डुबेर स्थानीय  १८ वर्षीय दिक्षिका चौधरीकोको मृत्यु भएको वडा नम्बर ३ का वडाध्यक्ष मीनकुमार चौधरीले जानकारी दिएका छन् ।

अध्यक्ष थारुका अनुसार गाउँकै अन्य महिलाहरुसँग राप्ती नदीमा माछा मार्न गएको बेला दिक्षिकाको नदीमा डुबेर मृत्यु भएको हो। माछा मार्न गएका ११ जना महिलाहरु पनि नदीमा दिक्षिकासँगै डुबेका थिए । तर, अरु ११ जना महिलाको सकुशल उद्दार हुँदा दिक्षिका पानीमा डुबेको स्थानीयहरुले बताए।

दिक्षिकाको शवलाई नदीबाट १ घन्टापछि स्थानीय र प्रहरीको सहयोगमा निकालिएको वडाध्यक्ष थारुले बताए। मृतक दिक्षिकाको शवलाई पोष्टमार्टमको लागी भेरी अस्पताल नेपालगन्ज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्