बर्दियाबाट फरार प्रतिवादी र ब्राउन सुगरसहित युवक पक्राउ,भेटिएको मोबाइल हस्तान्तरण

शनिबार, चैत ३०, २०८१

बर्दिया । बर्दिया प्रहरीको फरार प्रतिवादीहरु पक्राउ गर्ने अभियान अन्तर्गत जेल सजाय पाएर फरार भएका एक प्रतिवादीलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा गुलरिया नगरपालिका-१ छेदापुरका ३६ बर्षीय संजयकुमार लोध रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

 उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासले २०८१ मंसिर १६ गते फैसलामा संजयकुमारलाई दोषी ठहर गर्दै बालयौन दुरुपयोग मुद्दामा ६ महिना जेल सजाय र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।  उच्च अदालतको फैसला भएयता फरार भएका संजयकुमारलाई आफ्नै घरमा आएको मौकामा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका संजयकुमारलाई आवश्यक कारवाहीको लागि बर्दिया जिल्ला अदालतमा पेस गरेर जिल्ला कारागार पठाइएको बर्दिया प्रहरीले जनाएको छ।

ब्राउन सुगरसहित युवक पक्राउ 

त्यसैगरी बर्दियाबाट प्रहरीले बढैयाताल गाउँपालिका-७ कर्णालीपुरमा भारतबाटट नेपालतर्फ आउँदै गरेको अवस्थामा बाँकेको कोहलपुर नगरपालिका-४ बिकासनगरका २२ बर्षीय रामु खड्‌कालाई ब्राउन सुगरसहित पक्राउ गरेको हो।

खड्कालाई १ ग्राम २९० मिलिग्राम ब्राउन सुगरसहित चैत २८ गते नियन्त्रणमा लिएर ५ दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

मोबाइल हस्तान्तरण 

बर्दिया प्रहरीले हराएको मोबाइल फेला पारेर सम्बन्धित मोबाइल धनीलाई हस्तान्तरण गरेको छ। चैत २१ गते बर्दियाबाट मोबाइल हराएको भन्दै परेको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा उक्त मोबाइल फेला पारिएको प्रहरीले जानकारी दिएको छ।

फेला पारिएको मोबाइललाई आबश्यक प्रक्रिया पूरा गरेर  मोबाइल  धनीलाई उक्त मोबाइल बुझाइएको बर्दिया प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्