सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले मुलुकमा राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन । नेपाली काँग्रेस दाङको तेस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले मुलकमा राजनीतिक स्थिरता आवश्यक रहेको बताएका हुन ।
मुलुकमा राजनीतिक स्थिरता नहुँदा समस्या परेको भन्दै उनले सरकारमा देखिएका परिवर्तनले राजनीतिक स्थिरताको अभाव देखिएको बताए ।
‘आगामी चुनाबबाटस्थिर राजनीति र स्थिर सरकारको निर्माण गर्ने छलफल भइरहेको छ, ’ उनले भने ‘आगामी चुनावपश्चात बन्ने सरकार स्थिरता सरकार हुने विधि, नीतिका लागि राजनीतिक दलहरूमा छलफल भइरहेको छ ।’
महामन्त्री शर्माले समाजमा रहेको असन्तुष्टिलाई निराशाको भाष्य बनाएर जनताको मनोवैज्ञानिक रूपमा कमजोर बनाउन काम भइरहेको छ । यस्ता गलत भाष्यलाई चिर्न आवश्यक रहेको महामन्त्री शर्माले बताए ।
जनताले राजा खोजेका नभइ सेवा खोजेको महामन्त्री शर्माको जोड थियो । ‘जनताले राजा होइन रासायनिक मल खोजेका छन्,’ उनले भने ‘जनताले राजा होइन प्रभावकारी तथा आत्मसम्मानसहितको सेवा खोजेका छन ।’
जनप्रतिनिधिहरूलाई गम्भीर भएर काम गर्न पनि महामन्त्री शर्माले निर्देशन गरे । ‘इमानदारीपूर्वक जनताका कामलाई सम्पन्न गर्नुहोस । आगामी चुनावमा तपाईंलाई नागरिकले आफै रोजुन ।’
नेपाली काँग्रे पार्टी अलमलमा नभइ अप्ठ्यारोमा रहेको तर्क गरेका उनले जनताका असन्तुष्टिलाई पार्टीले सम्बोधन गर्नुपर्ने तथा काँग्रेसले जनतामा आशा जगाउनु बताए ।
नेता तथा कार्यकर्तामा २०८४ सालको चुनावपछि मात्र पार्टीको महाधिवेशन हुन्छ कि भन्ने शंशा रहेपनि त्यो चिन्ता नलिन उनले आग्रह गरे ।
‘नेपाली काँग्रेस विधि र विधान अनुसार चल्ने पार्टी रहेको भन्दै पार्टीको विधि र विधानअनुसार महाधिवेशन हु्छ, ढुक्क रहनुहोस,’ महामन्त्री शर्माले भने ‘ काँग्रेस नयाँ ढङ्गबाट अगाडि बढ्ने प्रयत्नमा छ अझ भनौँ अगाडि बढिसकेको छ । कतिपय परम्परागत कार्यशैलीमा नवीनता आइसकेको छ ।’
पार्टीले ५६ वटा विभाग बनाएर कार्यशैलीमा नवीनता ल्याइएको र नयाँ अभियानका साथ काम गरिरहेको उनले बताए ।
महामन्त्री शर्माले अधिवेशन हुन बाँकी रहेका भ्रातृ संगठनका अधिवेशन यथाशीघ्र हुने बताएपनि जोड दिए ।कार्यक्रम नेपाली काँग्रेस दाङका सभापति शंकर डाँगीको अध्यक्षतामा भएको हो ।