बर्दियाबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

बिहीबार, चैत २८, २०८१

बर्दिया । बर्दियाबाट प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका-२ फुटाह चेकपोष्टबाट ब्राउन सुगरसहित बुधबार दिउँसो दुई जना र 
इलाका प्रहरी कार्यालय बानियाभारको टोलीले दुई जनालाई बुधबार साँझ पक्राउ गरेको हो।

फुटाह चेकपोष्टबाट ८ सय १० मिलिग्राम ब्राउन सुगरसहित सोही गाउँपालिका-१ ठुलोडाँफे बस्ने वर्ष ३५ वर्षीय सुमित शाही र सोही स्थानकै ३० वर्षीय अनिल थापालाई बुधबार दिउँसो  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ।

प्रहरीले उनीहरुको साथबाट, नगद साढे २२ हजार, दुई थान मोबाइल र एउटा साइकल पनि बरामद गरेको हो। पक्राउ परेका दुबै जनालाई बर्दिया जिल्ला अदालतबाट  ५ दिनको म्याद  थप गरी इलाका प्रहरी कार्यालय मैनापोखरले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

त्यसैगरी अर्को ब्राउन सुगर बरामद घटनामा प्रहरीले बारबर्दिया नगरपालिका-४ कुसुम्वाघाट नजिकबाट गुलरिया नगरपालिका- ८ कोठिया गाउँ बस्ने २५ वर्षीय दिनेश चौधरी र गुलरिया नगरपालिका-७ खालेका २२ वर्षीय राजकुमार अहिरलाई पक्राउ गरेको हो।

बानियाभार प्रहरीले उनीहरुलाई कुसुम्बाघाट पुलदेखि  घोरपिट्टातर्फ पैदल आउँदै गरेको अवस्थामा बुधबार साँझ १ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको बर्दिया प्रहरीले जानकारी दिएको छ।

प्रहरीले पक्राउ परेका युवकहरुको साथबाट नगद ३ हजार ६४६ रुपैयाँ र दुई थान मोबाइल समेत बरामद गरेको जनाएको छ। उनीहरुलाई इलाका प्रहरी कार्यालय बानियाभारले लागुऔषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियले जानकारी दिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्