सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुका लागि दुई दिने क्षमता विकास तालिम सुरु भएको छ ।
आज एक औपचारिक कार्यक्रम गरी कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्यको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिममा सुशासन समितिका संयोजक सुनिता विष्टले स्वागत मन्तव्य राखेकी थिइन् ।
तालिममा आचार्यले जनप्रतिनिधि र कर्मचारीहरुले स्थानीय तहबाट प्रवाह हुने सेवा र सुविधाको बारेमा जानकारी लिने र जनताका गुनासा र प्रश्नहरुको समाधान गर्ने क्षमता विकास गर्नका लागि यो तालिम दिइएको बताए । पछिल्लो समयमा वडामा कार्यवहाक अध्यक्ष र सहायक सचिव हुँदा समस्या आउने गरेको भन्दै उनले जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकास तालिम प्रभावकारी हुने बताए । यस्तै तालिममा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले वडा समिति, ठेक्का प्रक्रिया, सेवा प्रवाह र पालिकाबाट हुने विभिन्न अन्य गतिविधिलाई कामकाज गर्दा सहजता ल्याउनका लागि क्षमता विकास तालिम दिएको बताए । कार्यक्रममा जिल्ला समन्वय समिति उपसंयोजक सिता कार्की, वडा सदस्य, वडा सचिव, कर्मचारी लगायतको उपस्थित रहेको थियो ।
तालिमका मुख्य प्रशिक्षक कर्णाली प्रदेशका मुख्मन्त्री कार्यालयका सचिव धोलकराज ढकालले पालिकाबाट हुने विभिन्न गतिविधिहरुलाई कसरी सञ्चालन गर्ने, स्थानीय सरकारका आवश्यकता, स्थानीय तहका अधिकारका सूची लगायत अन्य सेवा प्रवाह सम्बन्धमा कसरी प्रभावकारी र गुणस्तरीय रुपमा काम गर्ने विषयलाई जानकारी गराएका थिए ।
यस्तै भोलि बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले वडा र पालिकाबाट हुने प्रवाह, सेवा सुविधा, कानुन अनुसार कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण दिने तालिमको सहजीकरण गरिरहेका रोजगार शाखाका प्रमुख आशिष वर्माले जानकारी दिए ।