बास नेपालको केन्द्रिय अध्यक्षमा शिव कुमार निर्वाचित

आइतबार, चैत २४, २०८१

नेपालगञ्ज । बास नेपालको केन्द्रिय अध्यक्षमा शिव कुमार बर्मा निर्वाचित भएका छन् ।

नेपालगञ्जमा सम्पन्न संस्थाको दशौं महाधिबेशनले बर्माको नेतृत्वमा २१ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।यसरी चयन भएको बास केन्द्रिय समितिको उपाध्यक्षमा खुमेस सुबेदी, उपाध्यक्ष (महिला) दिला शाह, महासिचबमा कल्पना अधिकारी, सचिब पाण्डब पुजारा, सचिब (महिला) जोशिना थारु र कोषाध्यक्षमा धिरेन्द्र शाही चयन भएका छन् ।

यसैगरी संस्थाको केन्द्रीय सदस्यमा अमर बहादुर शाही, भुपेन्द्र बस्नेत, बसन्ती रोकाया, ललिता बिश्वकर्मा, इश्वर बिक, जुमान सिंह केसी र मनमोहन बर्मा चयन भएका छन् ।

यसैगरी प्रदेश सदस्यमा क्रमशः सुदुरपश्चिम चिरन्जिबी छेडाल, कर्णाली भगवती बिसी, लुम्बिनी सिम्रत कौर, गण्डकी कमल बहादुर शाही, बाग्मती सागर बोहरा, मधेश गोबिन्द बिष्ट र कोशी इन्द्र बहादुर केसी चयन भएका छन् ।
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्