जीप दुर्घटनामा चालकसहित दुईको मृत्यु, दुई जना घाइते

आइतबार, चैत २४, २०८१

नेपालगन्ज   । जीप दुर्घटना हुँदा अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

अर्घाखाँची प्रहरीक अनुसार मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको हो । 

आज बिहान मालारानी गाउँपालिका-३ लुटीपोखरी–खनदह सडकखण्डमा जीप अनियन्त्रित भएर सडकदेखि २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मालारानी गाउँपालिका- ४ का वसन्त पोखरेल र भुवन पोखरेल घाइते भएका छन। उनीहरुको उपचार जारी रहेको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ०८:३६
प्रतिक्रिया दिनुहोस्