लुम्बिनी कांग्रेसले प्रशिक्षण दिँदै, कार्यक्रमलाई डा. शेखरले सम्बोधन गर्ने

शुक्रबार, साउन १९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले तेस्रो पटक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

आज दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भाद्र महिनाको पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो । 

लुम्बिनी प्रदेशस्थित १२ जिल्ला सभापति, २६ प्रतिनिधिसभा क्षेत्रीय सभापति र ५२  प्रदेशसभा क्षेत्रीय सभापतिका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले बताए । 

नवलपरासी (पश्चिम ) मा आयोजना गरिने प्रशिक्षणलाई बरिष्ठ नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । 

समय अनुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वको लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले बताए ।

प्रशिक्षण पश्चात पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि ग्राउन्ड तहमा पुग्न विषेश आधार तय हुने सभापति पुनले बताए । प्रशिक्षण विभागले अबदेखि विभिन्न घुम्ती बैठक सन्चालन गर्ने र आगामी बैठक पाल्पा जिल्लामा आयोजना गरिने विभागले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्