बाँकेको बाल सुधार गृहमा झडप, ठुलो संख्यामा प्रहरी तैनाथ

शनिबार, चैत २, २०८१

नेपालगन्ज । बाँकेको बाल सुधार गृहमा बालबन्दीबीच भएको झडपले तनाव सृजना भएको छ । गएराति बालबन्दीबीच झडप हुँदा ६ जना घाइते भएको बताइएको छ ।

डुडुवा गाउँपालिका-६ स्थित जयन्दु बाल सुधार गृहमा भएको झडपबाट घाइते भएकाहरुलाई नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि लगिएको प्रहरी स्रोतले बताएको छ । 

त्यहा रहेका सबै बालबन्दीहरु बाहिर निस्किएको बाँकेका सीडीओ धर्मराज जोशीले बताए।

उक्त घटनापछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्