आज बाँकेसहित तराईका जिल्लामा होली

शुक्रबार, चैत १, २०८१

नेपालगन्ज । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ ।

हिमाली एवं पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट अर्थात आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार यस क्षेत्रमा होली मनाउन लागिएको हो ।

आज नवलपरासी बाँके,(बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको भण्डारीले बताए । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ ।

तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्