दोलखामा पहिरोले तीन घर पुर्यो, १५ महिने शिशुको मृत्यु -३ जना बेपत्ता

शुक्रबार, साउन १९, २०८०
Neuro hospital Nepalgunj

दोलखा । दोलखामा पहिरोले तीन घर पुरिँदा १५ महिने नाबालकको मृत्यु भएको छ। पहिरोले ३ जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी दोलखाका अनुसार गौरीशंकर गाउँपालिका-७ टोपाटारमा गएराति ९ बजेतिर वस्तीभन्दा करिब ४०० मिटर माथिबाट पहिरो खस्दा टोपबहादुर थामीका १५ महिनाको छोरा प्रिन्स थामीको मृत्यु भएको हो। 

पहिरोमा परि गौरिशंकर- ७ का ४९ वर्षीय हरिलाल श्रेष्ठ, सोही ठाउँका ६० वर्षीय कृष्ण बहादुर मगर र ५० वर्षीया देवीमाया मगर बेपत्ता भएको जिल्ला  प्रहरी दोलखाले जनाएको छ ।

त्यस्तै पहिरोबाट गौरीशंकर-७ टोपाटारका ४० वर्षीय यज्ञ बहादुर थामी, उनकी श्रीमती ३९ वर्षी धनमाया थामी र बुहारी २२ वर्षीया सीता थामी घाइते भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयले  बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १०:५९
प्रतिक्रिया दिनुहोस्