सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौ । सुशासन कायम गर्न नसकेको सरकारले सुशासन सम्बन्धी विधेयक ल्याउन खोज्नु दुर्भाग्य भएको राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद केसीले सात महिनामा आफूले कमाएको सम्पत्तिको विवरणसमेत बुझाउन नसक्ने सरकार (प्रधानमन्त्रीसँगै मन्त्रीहरु) ले सुशासनको कुरा गर्न खोज्नु दुर्भाग्य भएको बताएका हुन् ।
उनले अहिले गणतन्त्रमाथि नै खतराको घण्टी बज्नु अरु कसैका कारणले नभइ सरकारका कारणले नै भएको बताए ।
अरुलाई दोष दिनुभन्दा आफू सच्चिनेतर्फ नलागे अहिलेको गणतन्त्र नै खतरामा पर्नेसमेत केसीले बताए ।
केपी शर्मा ओली नेतृत्वको सरकार गत असार अन्तिममा बनेको थियो । आठ महिना भइसकेको छ सरकारमा सहभागी मन्त्रीहरुले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
सांसद केसीले अहिलेका नेताहरुसँग आफूले सँगसँगै काम गरेको भन्दै कसको सम्पत्तिको हैसियत कति भएको भनी जानकारीमा रहेको बताए । उनले आफ्नो उदाहरण दिँदै कसले कसरी कमायो भन्ने कुरा पनि आफूले बुझेको बताए ।