जिल्ला प्रशासन अगाडि आत्मदाहको प्रयास

सोमबार, फागुन २६, २०८१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय अगाडि मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको अगाडि न्याय नपाएको भन्दै मिटर ब्याज एक जनापीडितल्र आत्मदाहको प्रयास गरेका हुन् ।

बाराको पचरौता नगरपलिका वडा नम्बर-४ घर भएर   वीरगन्ज महानगरपालिका वडा नम्बर-२४ बस्दै आएका शिक्षक समेत रहेका ६० वर्षीय वृजकिशोर साहले प्रहरीबाट आफूले न्याय नपाएको भन्दै आत्मदाहको प्रयास गरेका हुन्। 

प्रहरीबाट न्याय नपाएको भन्दै एक पन्ने पत्र लेखेर शरीरमा पेट्रोल छर्केर ती शिक्षकले आत्मदाहप्रयास गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आत्मदाहको प्रयास गर्दै गरेको अवस्थामा सुरक्षाकर्मीले उद्धार गर्दै नारायणी अस्पताल पुर्‍याइएको थियो। अहिले उपचाररत ती शिक्षकको अवस्था सामान्री रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्