सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । युगान्डामा जारी चार देश सम्मिलित महिला टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले जित हासिल गरेको छ । आज भएको खेलमा नेपालले आयोजक युगान्डालाई १ विकेटले पराजित गरेको हो ।
जितका लागि नेपालले पाएको ७६ रनको चुनौती १ बल खेल्न बाँकी छँदै ९ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि साना प्रविनले १७ तथा पूजा महतोले १६ रन बनाइन् ।
यसअघि खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै युगान्डालाई ७५ रनमा रोक्यो । युगान्डाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन बनाएको हो ।
इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा पूजा महतोले ३ तथा इन्दू वर्माले २ विकेट लिइन् ।
जारी प्रतियोतिामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल दोस्रो खेलमा भने विजयी भएको हो ।
शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो। युगान्डाले भने पहिले खेलमा हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।
जारी शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङको सहभागिता छ ।नेपालले सोमबार हङकङसँग खेल्नेछ ।