सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलाहरुको पाठेघर सम्वन्धि निःशुल्क क्यान्सर परीक्षण शिविर गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ८ स्थित त्रिशक्ति सामुदायिक वन उपभोक्ता समूहको आयोजना तथा राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखाको प्राविधिक सहयोगमा शिविर गरिएको हो । उक्त शिविरमा ८८ जनाको क्यान्सर परीक्षण गरिएको थियो ।
त्यसक्रममा ३ जनामा क्यान्सरको शंकास्पद लक्षणहरु देखिएको छ । त्यस्तै ३ जनामा पाठेघर खस्ने र एक जनामा बाँझोपनको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताए ।
शिविरको उद्घाटन समेत गरेका केसीले पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको अवस्था भयावह बन्दै गएको बताए । उनले महिलाहरुको मृत्युको कारक मध्ये पाठेघरको मुखको क्यान्सर पनि प्रमुख रहेको बताए । समयमै नियमित चेकजाँच गरे पाठेघरको मुखको क्यान्सरबाट जोगिन सकिने उनको भनाई छ ।
यस्तै नेपाली काँग्रेसका क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले पनि महिलाहरु आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्नेमा जोड दिए । सामुदायिक वनका अध्यक्ष उमा वली बस्नेतले महिलाहरुको स्वास्थ्यबारे जागरण ल्याउन शिविर आयोजना गरिएको बताइन् ।