टिपरको ठक्करबाट तीन जनाको मृत्यु

शुक्रबार, फागुन २३, २०८१

काठमाडौँ । टिपरको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।काठमाडौंको  शंखरापुर- ६ साँखु सलम्बुटारमा घरमा सुतिरहेको अवस्थामा टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

प्रहरीका अनुसार साँखु ब्रह्मखेल सडक खण्डमा बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भई सडक छेउको टहरोमा ठक्कर दिँदा सुतिरहेका तीन जना घाइते भएका थिए । उक्त टिपरले उनीहरुलाई आज बिहान साढे ३ दिउँसो ठक्कर दिएको थियो। प्रहरीले उनीहरुको उपचारका क्रममा मृत्यु भएको जनाएको छ।

काठमाडौं प्रहरीले दिएको जानकारी अनुसार ठक्करबाट  आकाश र सुमन तथा ४५ वर्षीय  हरिजनको मृत्यु हो। उक्त टिपर आश्रयस्थल भित्र छिरेर ठक्कर दिएको थियो।

प्रहरीले अहिले टिपरलाई त्यहाबाट तानेर चालक सागर माझी र ठक्कर दिने टिपरलाई आफ्नो नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्