एनआरएनए महासचिवमा गंगाधर गौतमको उम्मेदवारी घोषणा

बिहीबार, साउन १८, २०८०

बेल्जियम । गंगाधर गौतमले गैरआवासीय नेपाली संघ (एनआरएनए)को महासचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।

आज आफ्नो जन्मदिनको अवसरमा एनआरएनएका केन्द्रीय सचिवसमेत रहेका गौतमले आगामी अक्टोवरमा हुँदै गरेको ११ औं महाधिवेसनमा महासचिव पदमा उम्मेदवारी दिने बताएका हुन्   ।

बेल्जियमा दुई दशकदेखि बसोबास गर्दै आएका गौतम एनआरएनए बेल्जियमको पूर्वअध्यक्षसमेत हुन्। उनले संघको विधान समितिमा बसेर सर्वम्मतको वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । संघको स्थापनाकाल देखि सक्रिय गौतमले संघको बिभिन्न निकायमा रहेर काम गरेको अनुभव छ।

विद्यार्थीकालदेखिको राजनीतिमा होमिएका गौतम  जनसम्पर्क समिति बेल्जियमको पूर्व सभापति हुन् ।

एनआरएनएका केन्द्रीय सचिव गौतम संस्थागत संरचना र संचालन सम्बन्धी विषयका विज्ञका रुपमा चिनिन्छन  ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  २२:४७
प्रतिक्रिया दिनुहोस्