सशस्त्र प्रहरीमा २८ इन्स्पेक्टरका लागि जागिर आह्वान

शुक्रबार, फागुन १६, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलले फेरि २८ जना प्रहरी निरीक्षक ( इन्स्पेक्टर) को दरखास्त आह्वान गरेको छ ।

सशस्त्र प्रहरीले आज एक सूचना जारी गरी ८ जना कानुनतर्फ र २० जना लेखातर्फका लागि २८ जना इन्स्पेक्टरको आह्वान गरेको हो ।

सशस्त्र प्रहरीले यहीँ फागुन १८ गतेदेखि चैत १९ गतेसम्म दरखास्त फाराम भर्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । 

आवेदकले अनलाइनमार्फत दरखास्त फाराम भरे पनि  आगामी चैत २२ गतेसम्म आवेदक स्वयम भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्