सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पोखरा । तालिमरत सशस्त्र प्रहरी बलकी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महत मृत्यु प्रकरणमा प्रहरीले सशस्त्र प्रहरी बलकै सिनियर इन्स्पेक्टरलाई अनुसन्धानका लागि पक्राउ गरेको छ।
कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा सशस्त्र प्रहरी इन्स्पेक्टर विवेक जोशी रहेका छन् । मृतक इन्स्पेक्टर महतका परिवारले आत्महत्या दुरुत्साहन मुद्दा दायर गरेपछि जिल्ला प्रहरी कास्कीले इन्स्पेक्टर विवेकलाई पक्राउ गरेको हो।
इन्स्पेक्टर महत शनिबार राति कास्कीको पोखरास्थित सशस्त्र प्रहरीको लामापाटन तालिम केन्द्रको शौचालयको झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
जाहेरीमा इन्स्पेक्टर विवेकले आत्महत्या गर्न बाध्य पारेको उल्लेख भएको कास्की प्रहरीले जानकारी दिएको छ। प्रहरी श्रोतका अनुसार उनीहरु दुबै जनाबीच प्रेम सम्बन्ध रहेको थियो।
सशस्त्र प्रहरीले दिएको जानकारी अनुसार महतले सशस्त्र प्रहरी जवान असई हुँदै इन्स्पेक्टरमा नाम निकालेकि थिइन् ।