नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: प्रजातान्त्रिक प्यानलका उम्मेदवारहरुको घोषणा

बिहीबार, साउन १८, २०८०

नेपालगन्ज ।  नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उम्मेदवारहरुको घोषणा गरेको छ ।

भदौ २ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक समूहले आज ललित रौनियारको नेतृत्वमा उम्मेदवारहरुको घोषणा गरेको हो ।  साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहको सचिवालय संयोजक एवम् नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व महासचिव विष्णुप्रसाद लामिछानेले उम्मेदवारहरुको घोषणा गरेका हुन् ।

प्रजातान्त्रिक समूहबाट उद्योग उपाध्यक्षमा मो. सफिक बेहना, बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ र महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार बन्नेछन् । यस्तै सहसचिव टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामीको उम्मेदवारी घोषणा भएको छ । 

सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार बन्नेछन् ।

उम्मेदवारी घोषणा कार्यक्रम प्रजातान्त्रिक उद्योगी व्यवसाय संघ बाँकेका अध्यक्ष संजयकुमार थापाको अध्यक्षता एवम् नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी 'चुन्ना' को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्