सशस्त्र प्रहरीका ३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

शुक्रबार, फागुन ९, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त रहेको रहेको ३ नायब महानिरीक्षक (डीआईजी) का लागि तीन जनालाई बढुवा गर्न सिफारिस गरिएको छ।

बिहीवार बसेको बढुवा समितिको बैठकले ३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा गर्न सिफारिस सूची गरेको हो।

डीआईजीमा बढुवा सिफारिस हुनेहरुमा पहिलो नम्बरमा सिसम १ का एसएसपी कृष्ण ढकाल, दोस्रो नम्बरमा सिसम २ का दीपेन्द्र कुँवर र तेसो नम्बरमा सोही ब्याचका विश्वप्रसाद भट्ट रहेका छन् । 

राजनीति दबाब हावी हुँदा सिसम १ का एसएसपी मनिष थापालाई डीआईजी सिफारिसबाट बन्चित गराइएको छ। त्यस्तै नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा प्रवेश गरेका सबैभन्दा सिनियर एसएसपी कृष्ण पाठक पनि बढुवामा बन्चित भएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्