सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चेतावनी दिएका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीको तर्फबाट आयोजित ३० औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले हजारौँ शहीदहरूको बलिदान र रगतबाट तथा हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ वर्षसम्म रहने दाबी गरे । उनले कसैले मेटाएर जनयुद्ध नमेटिने भन्दै मेटाउने दुःसाहस गर्नेहरू खरानी हुने बताए ।
उनले जनयुद्ध दिवस जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस भएको बताए । जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसकै रूपमा अगाडि लैजानुपर्ने बताए । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक प्रयासहरू भएको भन्दै जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुपा, महान् बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रूपमा स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्ने बताए । जनयुद्धमाथि अहिले पनि प्रहार भइरहेको पनि बताए ।
प्रचण्डले भने, ‘जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रूपमा हामीले अगाडि लैजानुपर्छ । जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरू पनि भएका छन् । त्यसैले जनयुद्धलाई नेपाली जनताको युगान्तकारी अभियानको रुपा, महान् बलिदानको कीर्तिमान कायम गर्ने युद्धको रूपमा हामीले स्थापित गर्न निरन्तर प्रयास गर्नुपर्छ । तर मलाई के विश्वास छ भने हजारौँ शहीदहरूको बलिदानबाट रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँ सयौँ वर्षसम्म रहनेछ । कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुःसाहस गर्छ उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ ।’
प्रचण्डले प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको बताए । उनले प्रतिक्रियावादी शक्तिहरूले गणतन्त्रलाई जनताको गणतन्त्र हुन नदिन अनेकन गतिविधि गरिरहेको बताए ।