सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको १७औं गाउँसभा सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा भएको गाउँसभाले स्थानीय सरकार संचालन ऐन २०७४ को मर्म अनुरुप आर्थिक बर्ष २०८१-०८२ को योजनारकार्यक्रम तथा वजेट संशोधन एवम् रकमान्तर र जानकी गाउँपालिका नगर प्रहरी ऐन २०८१ पारित गरेको गाउँपालिकाका प्रवक्ता टिकानाथ यादवले जानकारी दिए ।
गाउँपालिकाको १७औं गाउँसभामा पालिका उपाध्यक्ष रामप्यारी यादव, प्रमुख प्रशासकीय अधिकृत नर वहादुर विक, ६ वटै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, पालिकाका विभिन्न शाखाका प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।