सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । अख्तियारमा परेका उजुरीमा सबैभन्दा अगाडि दाङ परेको छ। दोस्रोमा बाँके जिल्ला रहेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा परेको उजुरीमा दाङ र बाँके परेका हुन् ।
सबभन्दा माथि तुलसीपुर उपमहानगरपालिका धेरै उजुरीको चाङ रहेको पालिकाको पहिलो सुचिमा रहेको छ ।चालु आर्थिक वर्षको पुस मसान्तसम्म परेका सबै भन्दा बढी उजुरी दाङ र दोस्रोमा बाँके रहेको अख्तियारले जानकारी दिएको छ ।
अख्तियार नेपालगञ्जले हेर्ने बाँके,बर्दिया,दाङ र रोल्पाबाट परेका उजुरी मध्ये सबैभन्दा बढी दाङ र दोस्रोमा बाँके रहेको कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिएका छन्।
गत वर्ष बाँके पहिलो, दाङ दोस्रोमा रहेको थियो ।कार्यालयको कार्य क्षेत्रमा रहेका ३६ स्थानीय तहमा तुलसीपुर उपमहानगरपालिका २३ वटा उजुरी सहित सबैभन्दा धेरै उजुरी पर्ने पालिकाको पहिलो नम्बरमा रहेको छ ।
अख्तियारको कार्यक्षेत्र भित्रका बाँके,बर्दिया,दाङ र रोल्पा जिल्लाबाट परेका उजुरी ४ सय ७२ मध्ये २ सय ९५ वटा फर्च्योट भएको र १ सय ७७ उजुरी बाँकी रहेका छन् ।
आयोगमा परेका जिल्लागत उजुरीको संख्याको आधारमा दाङ १ सय ७५ पहिलो, बाँके १ सय ७४ दोस्रो,बर्दिया ६३ सहित तेस्रो र रोल्पा ६० वटा उजुरी सहित चौथो स्थानमा रहेको छ ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिका २१ सहित दोस्रो, कोहलपुरमा २० सहित तेस्रो, बढैयाताल गाउपालिका १५, गंगादेव, डुडुवा,दंगिशरण र सुनिलस्मृती गाउपालिकाको १४ रहेको अख्तियारले जानकारी दिएको छ।