प्रथम राप्तीसोनारी अध्यक्ष क्रिकेट कप हुँदै, विजेतालाई नगद ५० हजार पुरस्कार

बिहीबार, माघ २४, २०८१

राप्तीसोनारी। बाँकेको राप्तीसोनारीमा प्रथम  गाउँपालिका अध्यक्ष क्रिकेट कप हुने भएको छ।

राप्तीसोनारी-७ स्थित राप्ती युवा क्लबको आयोजनामा यही फागुन १ देखि १० गतेसम्म राप्तीसोनारी गाउँपालिका प्रथम अध्यक्ष क्रिकेट कप सुरु हुने क्लबका अध्यक्ष मनोज पाण्डेले जानकारी दिएका छन् ।

१६ वटा टिमको सहभागिता रहने उक्त प्रतियोगिता लालपुर मैदानमा सन्चालन हुने आयोजकले जनाएको छ। कुल १६ टिमको सहभागिता रहने प्रतियोगिताका लागि टिम दर्ता माघ २८ गतेसम्म रहने र दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएकोछ।

विजेता टोलीले ५० हजार नगद पुरस्कार पाउने प्रतियोगिताको आर्थिक सहयोग राप्तीसोनारी गाउँपालिकाले गरेको राप्ती युवा क्लबले जानकारी दिएको छ।

"अनुशासन र गतिशीलतामा युवाहरुको एकता, ग्रामीण खेलकुद विकासमा खेलाडी उत्पादन र सहभागिता" भन्ने नाराका साथ प्रतियोगिता हुँदैछ। 

के-के छ प्रतियोगिताको नियम र दर्ता प्रक्रिया? यस्तो छ हेर्नुहोस।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्