सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । नेपालगन्जको प्रभात मेमोरियल स्कुलले सरस्वती पूजा धुमधामले मनाएको छ।अघिल्ला बर्षहरु जस्तै यो बर्षपनि सरस्वती पूजाको आयोजना गरेको थियो ।
नेपालगन्ज-१० भृकुटीनगरस्थित प्रभात मेमोरियल स्कुलले आयोजना गरेको सरस्वती पूजामा स्थानीय, विद्यार्थी, अभिभावक र शिक्षक-शिक्षिका लगायत पुगेका थिए।
स्कुलका प्रिन्सिपल गौरव गिरीले अभिभावक,स्थानीय लगायतको स्वागत गरेका थिए ।
स्कुल प्राङगणमा आयोजना गरिएको पुजामा उपस्थित विद्यार्थी लगायत सबैले बिद्याकी अधिष्ठात्रीदेबी सस्वतीको पूजा आरधना गरेका थिए ।
आजकै दिन प्रभातमा साना नानीबाबुहरुलाई पनि अक्षर आरम्भ गराइएको हो।