सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बाँके । नेपालगञ्ज उपमहानगरपालिका-११ टांगा स्टेशन नजिक गत असार २८ गते राति भएको एक युवकको हत्या घटनामा प्रहरीले फरार एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त घटनाका जाजरकोट कुसे गाउँपालिका-८ का २३ वर्षीय फरार अभियुक्त जगत सिंह ठकुरीललाई नेपालगञ्जमा आएको अवस्थामा गए राति पक्राउ गरेको जानकारी दिएको छ।
बाँके प्रहरीको टोलीले ठकुरीलाई गए राति १० बजे नेपालगञ्ज-४ बसपार्कस्थित अछामी गेस्ट हाउसबाट पक्राउ गरेको जिल्ला प्रहरी बाँकेका प्रवक्ता डीएसपी आयुश जोशीले बताए।
डीएसपी जोशीका अनुसार पक्राउ परेका ठकुरीसँग घटनाका बारेमा थप अनुसन्धान सुरु भइरहेको छ। उक्त घटनामा अरु पनि रहेको बताइएको छ।
गत असार २८ गते राति करिब पौने ११ बजे नेपालगञ्जको टांंगा स्टेशन नजिक दुई समूहबीच भइरहेको ग्याङफाइट भइरहेको थियो। उक्त झगडा छुट्टाउन गएका ३८ वर्षीय इरसाद राई कबडियालाई ठकुरीको समूहले खुकुरी प्रहार गरेका थिए। गम्भीर घाइते भएका इरसादको उपचारका क्रममा असार २९ गते बिहान अस्पतालमा मृत्यु भएको थियो।
प्रहरीले घटनास्थलबाट एउटा मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा ठकुरीको टोलीले इरसादको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।