सशस्त्र प्रहरीले बरामद गर्‍यो हुण्डीको १६ लाख बढी नगद, दुई जना पक्राउ

आइतबार, माघ २०, २०८१

काठमाडौं । सशस्त्र प्रहरीले हुण्डी कारोबारको १६ लाख रुपैयाँ बढीसहित दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नं.११ गण रौतहटले हुण्डीको १६ लाख ४९ हजार २ सय रुपैयाँसहित सीमा नजिक  इशनाथ नगरपालिका-४ महुलियाबाट दुई जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा राजपुर नगरपालिका- ४ का ४० वर्षीय शिव मङ्गल साह र २३ वर्षीय प्रवेज आलम रहेका छन् ।

जिल्लाको सीमा क्षेत्रबाट मधेस प्रदेश ०३३ प ९३०८ नम्बरको मोटरसाइकलमा सदरमुकामतर्फ आउँदै गरेका उनीहरुलाई चेकजाँचका क्रममा उक्त नगद बरामद गरेको सशस्त्र प्रहरी बल नं. ११ गण रौतहटले जनाएको छ।

सशस्त्र प्रहरीले उक्त रकम बरामद गरेपछि उनीहरु दुई जनाले हुण्डी कारोबारको रहेको बताएपछि उनीहरु सवार मोटरसाइकल, नगद र दुबै जनालाई नियन्त्रणमा जानकारी दिएको छ।

पक्राउ परेका उनीहरुसहित नगद र मोटरसाइकललाई आबश्यक कारबाहीका लागि रौतहट भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नं.११  गणले जनाएको छ।

प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  ०९:०८
प्रतिक्रिया दिनुहोस्